काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीले दुई वटा अध्यादेश जारी गरेकी छिन्। बिहीबार मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति भण्डारीले शपथसम्बन्धी अध्यादेश, २०७८  र कोभिड-१९ संकट व्यवस्थापन अध्यादेश, २०७८ जारी गरेकी हुन्।

पछिल्लो पटक प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्रीको पद तथा गोपनियताको सपथ ग्रहणको विषयलाई लिएर सामाजिक सञ्जालमा धेरै प्रतिक्रिया आएकोर सर्वोच्चसम्म रिट दायर भएको थियो। त्यस लगतै बसेको मन्त्रिपरषद् बैठकको सिफारिसमा नेपालको संविधानको धार ११४ को उपधारा (१) बमोजिम राष्ट्रपति भण्डारीले अध्यादेश जारी गरिएको छ। गत बैशाख ३१ गते प्रधानमन्त्रीको सपथ विवादमा आएपछि अध्यादेश ल्याइएको हो ।