काठमाडौं। राष्ट्रियसभा सदस्यको उपनिर्वाचनमा डा. खिमलाल देवकोटा निर्वाचित भएका छन्। उनी ५०८८ मतभार सहित विजयी भएका हुन्।

उनले वर्तमान गृहमन्त्री एवं नेकपा एमालेका उम्मेदवार रामबहादुर थापा बादललाई हराउँदै राष्ट्रियसभा सदस्यमा विजयी भएका छन्। आज सम्पन्न राष्ट्रियसभा सदस्यको रिक्त पदका लागि उपनिर्वाचनमा बादललाई पराजित गरेका हुन्। देवकोटालाई नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र नेकपा एमालेको माधवकुमार नेपाल समूहले समर्थन् गरेका थिए।