काठमाडौं । सोमबार राति भएको इंग्लिस प्रिमियर लिगको खेलमा साविक विजेता लिभरपुलले आर्सनलमाथि पूनरागमन जित निकालेको छ ।
घरेलु मैदानमा लिभरपुलले एक गोलले पछि परेको स्थिति उल्ट्याएर ३-१ को गोल अन्तरले विजयी भएको हो । लिभरपुललाई जिताउन फरवार्ड साडियो माने, एन्ड्रिउ रोबर्टसन र डिएगो जोटाले गोल गरे । एलेक्सान्द्रे लाकाजेटले गरेको गोल सान्त्वना गोलको रुपमा रह्यो । सतप्रतिशत जितसँगै लिभरपुल ९ अंकसहित तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । समान ९ अंक नै रहेपनि गोलअन्तरमा लेस्टर सिटी शीर्षस्थानमा तथा एभर्टन तेस्रो स्थानमा छ ।

