कटारी। उदयपुर जिल्लाको कटारी नगरपालिकाका प्रमुख ज्ञानेन्द्र श्रेष्ठ र उपप्रमुख भिमकुमरी राउतसहित एक वडाध्यक्षको घरमा स्थानीयहरूले तोडफोडको प्रयास गरेका छन्। नगरपालिकाले वडा नं. ४ को जहडीमा सार्वजनिक जग्गामा बनाएको घर भत्काएपछि आक्रोसित स्थानीयले बुधबार प्रमुख, उपप्रमुख र वडा नं. ४ का वडा अध्यक्ष कृष्ण दनुवारको घर तोडफोड प्रयास गरेका हुन्।
कोभिड -१९ सङ्क्रमण जोखिमलाई मध्यनजर गर्दै नगरले लगाएको निषेधाज्ञा अवधिमा नगरपालकाले संरक्षण गर्ने भनिएको सार्वजनिक जग्गामा स्थानीयले रातारात घर बनाएपछि नगरपालिकाले स्थानीय सन्तबहादर सुनुवार लगायतको घर भत्काएको सूचना अधिकारी ओम मिश्रले बताए ।
उनका अनुसार नगरपालिकाले घर भत्काएपछि आक्रोसित स्थानीयहरू सयौंको संख्यामा आएर उपप्रमुख राउत, वडाध्यक्ष दनुवार र नगरपालिकाका सूचना अधिकारी ओम मिश्रको घर तोतफोड गरेपछि प्रमुख श्रेष्ठको घर तोडफोड प्रयास गरेका थिए।
जनप्रतिनिधिहरूको घरमा आगजनी समेतको प्रयास भएपछि प्रहरीले स्थिति सामान्य बनाउन दुई सेल अश्रुग्यास प्रहार गरेको ईलाका प्रशासन कटारीले जनाएको छ। यस विषयलाई लिएर कटारी बजार तनाबग्रस्त बनेको छ।
उत्पन्न तनाबपछि नेपाली काङ्ग्रेसले निकाले विज्ञप्ति:
उत्पन्न तनाबपछि नगरपालिकाले निकाले विज्ञप्ति:

