काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीलाई सर्वोच्च अदालतले लिखित जवाफ माग गरेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीलाई उनले प्रधानमन्त्रीको पद तथा गोपनियताको सपथको क्रममा भएका कमजोरी सम्बन्धमा सर्वोच्चमा रिट परेका कारण लिखित जवाफ माग गरेको हो।
प्रधानमन्त्री ओलीले लिएकव सपथ सम्बन्धमा सर्वोच्चमा सोमबार रिट दर्ता भएको थियो। आज प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको एकल इजालसले रिटमाथि सुनुवाइ गर्दै राष्ट्रपति कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय, प्रधानमन्त्री ओलीसहितका विपक्षीसँग लिखित जवाफ माग गरेको हो ।
रिट निवेदकले प्रधानमन्त्रीले पुन: शपथ लिनुपर्ने र पुन शपथ नलिँदासम्म प्रधानमन्त्रीको हैसियतमा कामकाज गर्न रोक लगाउन अन्तरिम आदेश माग भएको थियो।

