काठमाडौं। जनता समाजवादी पार्टी(जसपा)ले ओली नेतृत्वको सरकारमा सहभागि नहुने निष्कर्ष निकालेको छ। दुई ध्रुवमा विभाजित पार्टीले आज नयाँ सहमति गर्दै प्रधानमन्त्री ओली नेतृत्वको सरकारमा नजाने तर आफ्नै नेतृत्वको नयाँ सरकार गठनका लागि अघी बढ्ने निर्णय गरेको हो।

जसपाले आज विज्ञप्ति जारी गर्दै आफ्नै नेतृत्वमा सरकार बन्ने अवस्था आएमा वा राष्ट्रिय सहमतिको सरकार बन्ने अवस्थामा भने सहभागी हुने जनाएको हो। यससँगै जसपाले कार्यकारिणी समितिको बैठक जेठ ८ र ९ गते बोलाउन महन्थ ठाकुर र उपेन्द्र यादव सहमत भएको जनाएका छन् ।

‘पार्टी सरकारमा सहभागी हुने र नहुने सम्बन्धमा व्यापक तर्क-वितर्क एवम् अइकलबाजीहरू भइरहेका छन्,’ विज्ञप्तिमा भनिएको छ, ‘तत्काल हाम्रो पार्टी सरकारमा सहभागी हुने छैन । जनता समाजवादी पार्टी, नेपाल सरकारमा सहभागी नभइ प्रतिपक्षमा नै रही आफ्नो भूमिका निर्वाह गर्ने पार्टीको नीति र निर्णय यथावत कायम रहने छ। तर राष्ट्रिय सहमति वा आफ्नै पार्टीको नेतृतवमा सरकार बन्ने अवसर प्राप्त हुन सक्ने अवस्था भएमा सरकार गठन गर्न अगाडि बढ्न सकिने छ।’

विस्तृतमा प्रेस विज्ञप्ति: