जनता समाजबादी पार्टी अन्तरगत समाजबादी सुनुवार संघ गठन भएको छ । शनिबार ललितपुरमा रहेको समाजबादी ट्रेड युनियन महासंघको कार्यालयमा जनता समाजबादी पाटीमा आबद्ध सुनुवारहरुको भेलाले तदर्थ समिति गठन गरेको हो ।

समितिको अध्यक्षमा मन प्रसाद सुनुुवार, उपाध्यक्षहरुमा लुक माया सुनुवार, कुमार सुनुवार, पुर्ण बहादुर सुनुवार, महासचिबमा निर्मल सुनुवार, सचिबद्धयमा यशोदा सुनुवार, चम्पक सुनुवार, कोषाध्यक्ष कमल सुनुवार, सदस्यहरुमा क्रमशः मानबिर सुनुवार, प्रसाद सुनुवार, उत्तम कुमार सुनवार, शोभा सुनुवार, टेक बहादुर सुनुवार, प्रेम चन्द्र सुनुवार, बृहषमान सुनुवार र रजिना सुनुवार रहनु भएको छ । तदर्थ समितिले संघको बिधान तयार गरि मंसिर भित्र अधिबेशन गर्ने अध्यक्ष मन प्रसाद सुनुवारले बताएका छन ।

संघले जनता समाजबादी पार्टीमा आबद्ध सुनुवारहरुलाई एकताबद्ध बनाई सुनुवार जातिको साझा सवाल बारे राजनैतिक रुपमा पार्टी भित्र जानकारी गराउदैं सम्बोधनको लागी पहल कदमी गर्ने र संगठन पनी बिस्तार गर्दै जाने अध्यक्ष सुनुवारले बताए ।